FLASH NEWS

केपी शर्मा ओलीले गराए झापा ५ बाट उम्मेदवारी दर्ता

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ६, मंगलबार (६ महिना अघि)
  • ३८५

    Shares

केपी शर्मा ओलीले गराए झापा  ५ बाट उम्मेदवारी दर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका ओलीको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहसँग कडा प्रतिष्पर्धा हुने देखिएको छ, जसका कारण यो निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।

काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएका साहले पनि मंगलबार नै झापा–५ बाट उम्मेदवारी दर्ता गराइस सक्नु भएको छ । एमालेले ओलीलाई र राष्ट्रिय स्वतन्त्र पार्टीले साहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले झापा–५ को चुनाव राष्ट्रिय राजनीतिमा महत्वपूर्ण मानिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस