FLASH NEWS

गल्छी–४ मा महिला हरुलाई एक महिने हस्तकला तथा सिलाइ–कटाइ एड्भान्स तालिम सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ८, बिहिबार (१८ घण्टा अघि)
  • ५८

    Shares

गल्छी–४ मा महिला हरुलाई एक महिने हस्तकला तथा सिलाइ–कटाइ एड्भान्स तालिम सुरु

धादिङ: धादिङको गल्छी गाउँपालिका वडा नं. ४ का १५ जना महिलाहरूका लागि एक महिने हस्तकला तथा सिलाइ–कटाइ सम्बन्धी एड्भान्स तालिम सुरु गरिएको छ।

“औद्योगिक वातावरण सुधार अर्थतन्त्रको आधार भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिम उद्घाटन कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालय धादिङका कार्यालय प्रमुख चुडामणि पुरीको अध्यक्षता तथा गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीको प्रमुख आथित्यतामा भएको थियो। कार्यक्रममा वडाका वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख चुडामणि पुरीले महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भयो। उहाँले तालिमले महिलाहरूको आयआर्जन तथा स्वरोजगारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस