FLASH NEWS
प्रतिनिधि सभा निर्वाचन

प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

  • टोलटोलको खबर
  • निर्वाचन २०८२
  • प्रकाशित मिति:
  • २०८२ माघ ८, बिहिबार (२ घण्टा अघि)
  • ५३

    Shares

प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ। निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध हिजो उजुरी दर्ता गर्ने समय तोकिएको थियो।

उजुरीउपर जाँचबुझ तथा आवश्यक निर्णयपछि आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। भक्तपुर, सुनसरी, रौतहट र कैलालीबाट उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार माघ ९ गते दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। हालसम्म प्राप्त विवरणअनुसार पुरुष ३,०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ जना गरी कुल ३,४८६ जनाको उम्मेदवारी दर्ता भएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस