FLASH NEWS

प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने, माघ ९ मा नाम फिर्ता र चिह्न वितरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ७, बुधबार (५ घण्टा अघि)
  • ४८

    Shares

प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने, माघ ९ मा नाम फिर्ता र चिह्न वितरण

काठमाडौँ : प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज (बुधबार) उजुरी दिन सकिने भएको छ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। आयोगका अनुसार प्राप्त उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णयसहित माघ ८ गते बेलुका ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कुल २ हजार ९२५ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष छन्। यस्तै, अपाङ्गता भएका ८५ जना तथा पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस