FLASH NEWS

आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि मनाउँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १८, बिहिबार (५ घण्टा अघि)
  • ६०

    Shares

आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि मनाउँदै

काठमाडौँ : आज देशभर धान्य पूर्णिमा मनाइँदै

काठमाडौँ – आज मार्गशीर्ष शुक्ल पूर्णिमा अर्थात् मंसिर पूर्णिमा पर्व देशभर धान्य पूर्णिमाका रूपमा उत्साहपूर्वक मनाइँदै छ। नेपाली संस्कृतिमा धानलाई लक्ष्मी तथा समृद्धिको प्रतीक मानिने भएकाले यस दिन धानको ‘पर्वत’ बनाई विशेष पूजा गर्ने परम्परा छ। धान्य पूर्णिमाका दिन कृषकहरूले नयाँ अन्न आफ्ना कुलदेवता, पितृदेवता तथा अन्य देवी–देवतालाई अर्पण गरी मात्र उपभोग गर्ने परम्परा सबै जातजातिमा प्रचलित छ।

विशेषगरी पहाडी भेगमा गोठपूजा (गोठधूप) गर्ने चलन छ। आजका दिन गोठ सफासुग्घर गरी गाईबस्तुको पूजा गरिन्छ। कतिपय समुदायमा यस अवसरमा कुलदेवताका देवाली पूजा गर्ने परम्परा पनि छ। नयाँ धानबाट बनेको चामलको खीर, बाबर, पुवा चढाउने तथा केही स्थानमा पशुबलि दिने चलन समेत रहेको छ।

नेवार समुदायमा यो पर्व थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’ का रूपमा विशेष महत्व राख्छ। अघिल्लो दिनदेखि घर–परिवार शुद्धिकरण गरी योमरी पकाइने र लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवताहरूलाई अर्पण गरी मात्र खाने प्रथा छ। धानको भकारीमाथि देवी–देवताको मूर्ति राखी पूजा गर्ने अनुष्ठान पनि नेवार समुदायको परम्परागत अभ्यास हो।

लिम्बू समुदायमा मंसिरे पूर्णिमा नयाँ अन्न चाख्ने ‘न्वागी’ पर्व का रूपमा मनाइन्छ। किरात समुदायका विभिन्न जातिहरूले आजका दिन प्रकृति, पितृ र कुलदेवताको पूजा गर्दै उधौली पर्व मनाउँछन्। लिम्बुहरू चासोक तङनाम, राईहरू साकेला, याख्खा समुदाय चासुवा र सुनुवार समुदाय फोलष्याँदर पर्व मनाउँछन्।

गुरुङ समुदायले पनि सिमेभूमिको पूजा गर्दै न्वागी मनाउने परम्परा छ। पूर्वका थारूहरू यस दिन नेमान गरिने, आँगनको ध्वजा फेर्ने तथा छोराहरूको ‘वर्तमन’ गर्ने चलन राख्छन्। धानको च्युरा र सख्खर मिसाएर तयार गरिएको लड्डु देउतालाई चढाई पूजा गरिन्छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस