
७९
Shares
धुनिबेसी अपाङ्गता भएका व्यक्तिहरुको संघले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। “Fostering Disability Inclusive Societies for Advancing Social Progress” भन्ने अन्तर्राष्ट्रिय नारा र “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन” भन्ने राष्ट्रिय मूल नारासहित सचेतना तथा अन्तरक्रिया र्याली कार्यक्रम आयोजना गरिएको थियो।



धुनिबेसी अपाङ्गता भएका व्यक्तिहरूको संघका अध्यक्ष भुवन रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुनिबेसी नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं. ९ का वडा अध्यक्ष माधवप्रसाद सिलवालको प्रमुख आथित्यता रहेको थियो।
विशिष्ट अतिथिका रूपमा धुनिबेसी नगरपालिकाकी कार्यपालिका सदस्य रिता कुमारी अधिकारी रेग्मी त्यस्तै, कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख विद्या अर्याल, डाक्टर अमृत उप्रेती, प्रहरी निरीक्षक नन्दराज जोशी, समाजसेवी अप्सरा कोइराला, वडा नं. ६ का पूर्व वडा अध्यक्ष कान्छा तामाङ, योजना शाखाका माधवप्रसाद लुइटेल, वडा नं. ९ की महिला वडा सदस्य पवित्रा बुढाथोकी थापा, वडा नं. ८ का वडा सदस्य राजकुमार भण्डारी लगायत अतिथिहरूको उपस्थिति रहेको संघका अध्यक्ष भुवन रानाले टोलटोलको खबर लाइ बताउनु भयो।
त्यस्तै, कार्यक्रममा काठमाडौँका मानसिक स्वास्थ्यसम्बन्धी सहयोग प्रदान गर्ने काउन्सिलर रुसु कट्टेल, रुबी रेग्मी, नगर प्रहरी भवानी खत्री र सुमन भण्डारी, कालदेवी सहकारी प्रमुख निता कोइराला लगायतको पनि उपस्थिति रहेको थियो।
विभिन्न प्रकारका अपाङ्गता भएका ६५ जनाभन्दा बढी व्यक्तिहरूको सहभागितामा सम्पन्न कार्यक्रमले अपाङ्गता विषयक सचेतना, समावेशी समाज निर्माण तथा अधिकार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ।








