FLASH NEWS

 थाक्रेका सम्राट थापा र दिलिप भुजेलले जूनियर उसु प्रतियोगितामा जिते पदक

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १८, बिहिबार (६ महिना अघि)
  • ८३५

    Shares

 थाक्रेका सम्राट थापा र दिलिप भुजेलले जूनियर उसु प्रतियोगितामा जिते पदक

धादिङ:    कैलालीको धनगढीमा सम्पन्न जुनियर उसु प्रतियोगितामा धादिङ जिल्लाको थाक्रे गाउँपालिकाबाट सहभागिता जनाएका पाँच खेलाडीमध्ये दुई जनाले पदक जित्न सफल भएका छन्।

४२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सरस्वती चिल्ड्रेन पार्क इङ्लिस बोर्डिङ स्कुलका सम्राट थापा उत्कृष्ट प्रदर्शन गर्दै रजत (सिल्भर) पदकसहित द्वितीय हुन सफल भएका छन्। त्यस्तै, जनजागृती मा.वि.का दिलीप भुजेल ५२ केजी तौल समूहमा तेस्रो (ब्रोनज) स्थान हासिल गर्दै पदक जित्न सफल भए।

टिम म्यानेजर सुरेश थापाका अनुसार टोलीका खेलाडीहरूको प्रदर्शन उल्लेखनीय रहेको र आगामी दिनमा अझ राम्रो तयारीसहित सहभागी हुने लक्ष्य राखिएको टोलटोलको खबरलाई जानकारी दिनुभयो।

खेलाडी, प्रशिक्षक तथा अभिभावकहरू समक्ष उहाँले जितको शुभकामना दिँदै भर्खरै उदाउँदै गरेका प्रतिभाहरूलाई निरन्तर हौसला दिन सबैसमक्ष अपिल गर्नुभएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस