FLASH NEWS

प्रत्येक बर्ष भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने सरकारको निर्णय

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १६, मंगलबार (५ घण्टा अघि)
  • ४३

    Shares

प्रत्येक बर्ष भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ:   सरकारले प्रत्येक बर्ष भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिनु भएको ।

बैठकले शहीदमा आश्रित परिवार आमा-बा, श्रीमान वा श्रीमती र छोराछोरीलाई शहीद परिवार परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यसैगरी, बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा ५ लाख रुपैयाभन्दा बढी रकम बैँक तथा वित्तिय संस्थामार्फत मात्र कारोवार गर्ने निर्णय गरेको छ ।

बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस