FLASH NEWS

ज्योति माध्यमिक विद्यालयमा अपाङ्ग–मैत्री भवन सहितको भौतिक संरचना हस्तान्तरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १२, शुक्रबार (१ घण्टा अघि)
  • ७५

    Shares

ज्योति माध्यमिक विद्यालयमा अपाङ्ग–मैत्री भवन सहितको भौतिक संरचना हस्तान्तरण

धादिङ, थाक्रे थाक्रे गाउँपालिका–९ पण्डित पौवास्थित ज्योति माध्यमिक विद्यालयमा निर्मित अपाङ्ग–मैत्री भौतिक संरचनाको सार्वजनिक सुनुवाइ तथा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। एकीकृत सामुदायीक विकास अभियान ( ICDC) नेपाल र एक्सन एड नेपाल मार्फत १,४९,७६,५३० रुपैयाँ र थाक्रे गाउँपालिकाको ३३,८०,६७७ रुपैयाँ सहित कुल १,८३,५७,२०७ रुपैयाँको लागतमा तयार पारिएको १० कोठे भवन तथा छात्रावास शुक्रबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो।

विद्यालयका प्रधानाध्यापक शाहदेव रेग्मीले विद्यालयमा भएका आय–व्ययको विवरण सार्वजनिक गर्दै केही काम अझै बाँकी रहेको उल्लेख गर्नु भयो । उहाले  साझेदार संस्था तथा पालिकाको सहयोगमा बनेको संरचनाले विद्यालयका विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै थाक्रे गाउँपालिका–९ का वडा अध्यक्ष श्याम प्रसाद आचार्यले साझेदार संस्था र पालिकाको संयुक्त प्रयासमा बनेको संरचना गुणस्तरीय रहेको बताउँदै अब शैक्षिक गतिविधिमा पनि यस्तै सुधार ल्याउन विद्यालयलाई सुझाव दिनु भयो ।

ICDC नेपालका परियोजना प्रबन्धक विनोद रिजालले निर्माण सम्पन्न संरचनाले शिक्षालाई अगाडि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै बाँकी रहेका कामहरू पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

त्यसैगरी एक्सन एड नेपालका  कार्यक्रम संयोजक सुनिता तिवारीले विद्यार्थीहरूको आवश्यकता पूर्वानुमान गरेर सहयोग गरिएको बताउनु भयो । उहाले भविष्यमा पनि सहयोग निरन्तर रहने उल्लेख गर्दै विद्यालयको शैक्षिक गुणस्तर भवन जस्तै उत्कृष्ट हुनुपर्ने अपेक्षा व्यक्त गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य मैना पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरू,सरोकार वाला विद्यालय व्यवस्थापन समितिका सदस्यहरु , शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेका थिए ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस