
६५
Shares
काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।



कोशी प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको जनाएको छ । त्यस्तै, आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
मङ्गलबार कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहने छ । देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।








