FLASH NEWS

नेकपा एमाले निर्वाचन विरोधी हैन : उपमहासचिव ज्ञवाली

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ कार्तिक ३, सोमबार (२ घण्टा अघि)
  • ५७

    Shares

नेकपा एमाले निर्वाचन विरोधी हैन : उपमहासचिव ज्ञवाली

धादिङ:   नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको निर्वाचनप्रति उठेका प्रश्नहरूको जवाफ दिँदै, नेकपा एमालेलाई निर्वाचन विरोधी पार्टी नभएको स्पष्ट पार्नु भएको छ । आइतबार, नेकपा एमाले धादिङ निर्वाचन क्षेत्र नं. १ समन्वय कमिटीको आयोजनामा धादिङको गल्छीमा भएको कार्यकर्ता भेटघाट र दिपावली शुभकामना आदानप्रदान कार्यक्रममा उपमहासचिव ज्ञवालीले भन्नु भयो , “हामी कहिल्यै निर्वाचन विरोधी पार्टी भएका छैनौं, र चुनावमा भाग लिन डराउने कुरा पनि छैन।”

ज्ञवालीले वर्तमान अन्तरिम सरकारले निर्वाचन गराउन नसक्ने दावी गर्दै, अराजकता र असुरक्षाका कारण आगामी फागुन २१ गतेको निर्वाचन सम्भव नहुने बताउनु भएको छ । उहाँले थप्दै भने, “जेन्जी आन्दोलनका क्रममा लुटिएका हतियारहरू अझै फिर्ता भएका छैनन्, र ठूलो सङ्ख्यामा कैदीहरु फरार छन्। यस अवस्थामा, सरकारका तर्फबाट निर्वाचन गराउन सम्भव छैन।”

उहाँले जनताको म्यान्डेटको आवश्यकता औँल्याउँदै भन्नु भयो , “देशलाई स्थायित्व र लोकतान्त्रिक दिशामा लैजानका लागि जनमतको बाटोलाई छिटो अपनाउनु पर्नेछ, तर यो सरकारले निर्वाचन गराउन नसक्ने देखिन्छ। हामी जनताको शक्तिमा विश्वास गर्छौं र संवैधानिक प्रक्रिया मार्फत स्थायित्व ल्याउन चाहन्छौं।”

यस्तै कार्यक्रममा, नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले पनि पार्टीको अडान दोहोर्याउँदै, “धादिङमा नेकपा एमालेले कुनै पनि अराजकता हुन नदिने र कुनै पनि अव्यवस्था वा अराजकताको प्रतिबाद गर्नेछ” उहाले भन्नु भयो ।

यसरी, नेकपा एमालेको नेतृत्वले आगामी निर्वाचनको स्थिति र देशको वर्तमान राजनीतिक अवस्था बारेमा स्पष्ट धारणा प्रस्तुत गरेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस