FLASH NEWS

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गर्दै जेन–जी अभियन्ताद्वारा निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाइयो

  • टोलटोलको खबर
  • निर्वाचन २०८२
  • प्रकाशित मिति:
  • २०८२ आश्विन २४, शुक्रबार (३ महिना अघि)
  • २२४

    Shares

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गर्दै जेन–जी अभियन्ताद्वारा निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाइयो

काठमाण्डौ:  आगामी फागुन २१ गते हुने निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि सहभागी गराउन माग गर्दै जेन–जी अभियानका अभियन्ताले आज निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन्।

अभियन्ताहरू आयोगको केन्द्रीय कार्यालयमा पुगेर आयोगका पदाधिकारीहरूसँग भेट गर्दै विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेका हुन्। अभियानका तर्फबाट शिव यादवले निर्वाचनको तयारीका विषयमा पनि आयोगसँग जानकारी लिएको जानकारी दिनुभयो।

जवाफमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा गम्भीर रहेको र यसबारे सरकारसँग छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले आगामी निर्वाचनलाई समावेशी र सर्वव्यापी बनाउन आयोग प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो।

जेन–जी अभियानले प्रविधिको प्रयोग गरेर वैदेशिक मतदान सम्भव बनाउन आग्रह गर्दै नेपाली नागरिकका संविधानप्रदत्त मताधिकार सुनिश्चित गर्न सरकार र आयोगसँग अपिल गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस