FLASH NEWS

गायक दिनेश भुजेलको नयाँ गीत “दोलखा चरिकोट” सार्वजनिक, संस्कृति र पर्यटन प्रवर्द्धनमा केन्द्रित (भिडियो सहित)

  • टोलटोलको खबर
  • मनोरन्जन
  • प्रकाशित मिति:
  • २०८२ भाद्र १८, बुधबार (३ घण्टा अघि)
  • ६०

    Shares

गायक दिनेश भुजेलको नयाँ गीत “दोलखा चरिकोट” सार्वजनिक, संस्कृति र पर्यटन प्रवर्द्धनमा केन्द्रित  (भिडियो सहित)

काठमाडौँ :   नेपाली सांगीतिक क्षेत्रका सक्रिय सर्जक तथा गायक दिनेश भुजेलको नयाँ गीत “दोलखा चरिकोट” सार्वजनिक भएको छ। मौलिक नेपालीपन झल्काउने गीतमार्फत भुजेलले आफ्नो कला यात्रा अझ सशक्त बनाएका छन्। करिब डेढ दशकदेखि गीत–संगीतमा क्रियाशील भुजेल दोलखाको मेलुङ गाउँपालिका वडा नं १ स्थायी निवासी हुन्।

गीतमा शब्द, संगीत तथा स्वर दिनेश भुजेलकै रहेको छ भने गायिका उषा गजुरेलको सशक्त साथ रहेको छ। रामकृष्ण थापाले संगीत संयोजन गरेका छन्।

गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। संजिब ठकुरीको नृत्य तथा निर्देशनमा तयार भिडियोमा संजिब ठकुरी र निहारिका थापाले अभिनय गरेका छन्। भिडियोलाई सन्तोष तिमिल्सिनाले खिचेका हुन् भने कल्पेश विश्वकर्माले सम्पादन गरेका छन्। भिडियो भिमेश्वर डिजिटलको प्रस्तुतिमा तयार भई आसिस कुमार कटुवालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा दोलखा चरिकोट क्षेत्रको प्राकृतिक सुन्दरता, पर्यटन सम्भावना र स्थानीय संस्कृति मिसिएको छ। मायाप्रेमको भाव समेटिएको यो गीत अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा लोकप्रिय बन्दै गएको छ।

भुजेलले यसअघि पनि “बचाउँ है हाम्रो माटोलाई”, “ए है रेशम”, “ए नक्कली”, “छुकछुके रेल”, “दन्ते लहर”, “फूलेपछि झर्नै पर्छ” जस्ता चर्चित गीतमार्फत श्रोताको मन जितिसकेका छन्। साथै, उनी साहित्य क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन्। उनको कविता संग्रह ‘अंकुरण’ र खण्डकाव्य ‘प्रियान्जलिले शहनशीलाई जलाईन’ पाठकले रुचाएका छन्।

सांगीतिक क्षेत्रमा नेपाली मौलिकता जगेर्ना गर्ने उद्देश्यले काम गरिरहेका दिनेश भुजेलको “दोलखा चरिकोट” गीतले स्थानीय पर्यटन र सांस्कृतिक पहिचान प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

भिडियो हेर्नुहोस 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस