FLASH NEWS

नेकपा एस धादिङकाे जिल्ला अधिवेशन मंसिर १२ र १३ गते हुने

  • टोलटोलको खबर
  • उज्यालो नेपाल
  • प्रकाशित मिति:
  • २०८२ भाद्र १५, आईतबार (१ साल अघि)
  • ५१५

    Shares

नेकपा एस धादिङकाे जिल्ला अधिवेशन मंसिर १२ र १३ गते हुने

धादिङ:    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) धादिङ जिल्ला कमिटीको शनिबार बसेको पूर्ण बैठकले मङ्सिर १२ र १३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ।

केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले आगामी कात्तिक महिनाभर गाउँपालिका अधिवेशन सम्पन्न गरी मङ्सिर दोस्रो साता जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरेको जनाइएको छ।
बैठकमा पार्टी संगठन सुदृढीकरण, अधिवेशन तयारी तथा स्थानीयस्तरमा नेतृत्व चयन लगायतका विषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस