FLASH NEWS


धुनिवेशीका घिसिङले प्राप्त गरे अन्तर्राष्ट्रिय प्रशिक्षकको लाईसेन्स

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८१ श्रावण ४, शुक्रबार (३ महिना अघि)
  • १८१

    Shares

धुनिवेशीका घिसिङले प्राप्त गरे अन्तर्राष्ट्रिय प्रशिक्षकको लाईसेन्स

४ साउन , धादिङ :  मिथुन घिसिङले भुटानमा सम्पन्न एसियाली कराँते महासंघको प्रशिक्षक परीक्षा उतिर्ण गर्नु भएको छ।

धादिङको धुनिवेशी नगरपालिका  कराते डोजोका प्रमुख मिथुन घिसिङले अन्तर्राष्ट्रिय एकेएफ लाईसेन्स प्राप्त गर्नु भएको हो।
केहि समय अगाडीमात्रै राष्ट्रिय रेफ्री लाईसेन्स प्राप्त गर्नु भएका  घिसिङले एसियाली कराँते महासंघले भुटानमा लिएको परिक्षा पास गरेर अन्तर्राष्ट्रिय रफ्रीको लाईसेन्स समेत प्राप्त गर्नु भएको छ।

वि.स २०५४ सालबाट कराते खेल्न सुरु गर्नु भेको घिसिङले २०६४ साल देखि ककनी डोजो नुवाकोटमा प्रशिक्षक भै खेल सिकाउन थाल्नु भेको थियो।

२०७४ साल देखि धुनिबेशी डोजोको प्रमुख रहेका घिसिङले आफ्नो सफलतामा दाजु हरि लामा र ठमेल डोजोका प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद कराते प्रशिक्षक सन्तोष श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको समेत टोलटोलको खबर सितको कुराकानिमा बताउनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस