FLASH NEWS

यी पाँच प्रदेशमा आज भारी वर्षा

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण १७, बुधबार (२ साल अघि)
  • ४०२

    Shares

यी पाँच प्रदेशमा आज भारी वर्षा

१७ साउन, २०८०       बागमती,कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडकमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस