FLASH NEWS


आज पनि मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ११, बिहिबार (१ साल अघि)
  • १६४

    Shares

आज पनि मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

११ साउन,२०८०।       आज बागमती, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
बिहीवार दिउँसो भने देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरू तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले वर्षाका कारण हुनसक्ने बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस