९२
Shares८ साउन,२०८० आजपनि बागमती ,कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको र कतैकतै पानी परिरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
ठूलो पानी पर्ने अनुमान गरिएको बागमती , कोशी र गण्डकीका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनु भयो । आज राति बागमती ,कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।
धादिङ्ग ,काठमाण्डौ, नुवाकोट लगाएतका केही ठाउँमा हिजो बेलुका मुसलधारे वर्षा भएको थियो । मनसुन सक्रिय नै रहेकाले आज पनि काठमाण्डौ उपत्यकाका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ब ताउनुभयो ।