FLASH NEWS

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३, बुधबार (२ साल अघि)
  • ३५०

    Shares

आज यी प्रदेशमा  हल्कादेखि मध्यम वर्षा हुने

साउन २, २०८०       आज कर्णाली र सुदूरपश्चिमका केही, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महााशाखाले देशमा हाल मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएकाे छ। महाशाखाले हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस