FLASH NEWS

आज साउने संक्रान्ति मनाइँदै , सोमबारे औँसी पनि आझै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण १, सोमबार (१ साल अघि)
  • २२२

    Shares

आज साउने संक्रान्ति मनाइँदै , सोमबारे औँसी पनि आझै

१ श्रावण, २०८०       आज सोमबार साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । ​ निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्र अनुसार आजको दिनलाई महत्त्वपूर्ण मानिन्छ।

साउने संक्रान्ति मनाइएसँगै नेपालीहरूको चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्त्व रही आएको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ।

गाउँघरमा आजैको दिन साँझपख लुतो फ्याँक्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर दाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ।
कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ।
किरात समुदायमा एकाबिहानै वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने चलन छ। साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ।
यता काठमाडौं,भक्तपुर,ललितपुर,धादिङ लगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्त्व साथ मनाउने गर्दछन ।
यस्तै नेपालको आर्थिक वर्ष साउन १ गते सुरु हुने भएकाले आर्थिक कारोवार गर्नेहरूले पनि यो दिनलाई विशेष मान्ने गर्दछन ।

आजै सोमबारे औँसी
आज औँसी तिथि र सोमबार एकै दिन परेको छ , योदीन लाइ सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्। यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्।
वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ। पुराण र ज्योतीषीय ग्रन्थमा सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस