२१३
Shares३१ असार २०८० आज बागमती ,कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। भने मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र कोशीप्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। मधेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।
महाशाखाले सडक तथा हवाइ यातायात, स्वास्थ्य, कृषि र पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने छ। हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।