FLASH NEWS

आज बिहिबार धार्के आसपास विद्युत अवरुद्द हुने

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ १४, बिहिबार (२ साल अघि)
  • ५२७

    Shares

आज बिहिबार धार्के आसपास  विद्युत अवरुद्द हुने

१४ असार, २०८० ,धार्के ।      धादिङको धुनिवेशी नगरपालिका , थाक्रे गाउपालिका , गल्छि गाउपालिका र चन्द्रगिरीका विभिन्न क्षेत्रमा आज विहिबार विद्युत अवरुद्द हुने भएको छ । मातातिर्थ नौविसे ३३ के.भि. प्रसारण लाईन सटडाउन गरि काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्द हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र धार्के प्रशााखाले सुचना जारि गरि जानकारी गराएको छ ।

धार्के प्रशााखाका अनुसार धुनिवेशी नगरपालिकाको वडा नम्बर ३ देखी ९ सम्म, थाक्रे गाउँपालिकाको वडा नम्बर १ देखी १० सम्म, गल्छि गाउँपालिकाको वडा नम्बर ८ र चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ स्थित मसिनेमा विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म विद्युत अवरुद्द हुनेछ । निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय अगावै लाईन सुचारु हुने धार्के प्रशााखाले सुचना मार्फत जानकारी दीएको छ ।
मातातिर्थ नौविसे ३३ के.भि. प्रसारण लाईन, मातातिर्थ सवस्टेशन देखी चन्द्रागिरी केवलकारसम्म लाईन पेट्रोलिङ मर्मत सुधारका साथै बुस कटिङ समेत गर्नुपर्ने भएकाले विद्युत सप्लाई अवरुद्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र धार्के प्रशााखाले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस