FLASH NEWS

गल्छी गाउपालिका ६ मा सुधारिएको आरन वितरण

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ १, शुक्रबार (१ साल अघि)
  • २५२

    Shares

गल्छी गाउपालिका ६ मा सुधारिएको आरन वितरण

१ असार २०८०,     धादिङको गल्छी गाउपालिका ६ मा सुधारिएको आरन वितरण गरिएको छ।
गल्छी गाउपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०७९ /८० को कार्यक्रम अनुसार परम्परागत रुपमा आरन ब्यबसायी गर्दै आउनु भएका ७ जना लाइ उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष दिपक कुमार कार्कीले टोल टोलको खबरलाई बताउनु भयो। उक्त सुधारिएको आरन भएपछी उहाहरुको परम्परागत आरन बाट पहिला भन्दा अहिलेको यो सुधारिएको आरानाले आर्थिक रुपमा पनि अगाडि बड्न सहज हुने अपेक्षा लिएको कार्कीको भनाइ छ। यस्तै उक्त सामाग्री पाएपछि आफुहरुले लामो समय देखि परम्परागत रुपमा चलाउदै आएको आरन बाट धेरै समय खर्चिनु पर्ने काम गर्न पनि गाह्रो हुने हुन्थ्यो तर अहिले यो सामाग्री पाएपछि लामो समय सम्म लाग्ने काम छिट्टै सकिने हुदा समय पनि बचत हुने आर्थिक रुपमा पनि ब्यबसाय पहिलाको तुलनामा धेरै हुने भन्दै गल्छी ६ का ७० बर्षीय कालेकामीले बताउनु भयो। साथै उहाले वडा तथा पालिकालाई धन्यवाद समेत दिनु भयो।
सुधारिएको आरन वितरण कार्यक्रममा वडा अध्यक्ष दिपक कुमार कार्की , वडा सदस्य भारत अधिकारि , वडा सचिब निता शर्मा लगाएतको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस