FLASH NEWS


 गुर्धुममा खानेपानी आयोजनाको शिलान्यास

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २३, मंगलबार (१ साल अघि)
  • १२१

    Shares

 गुर्धुममा खानेपानी आयोजनाको शिलान्यास

धुनीबेसी २३ जेठ,       खानेपानी अभाव रहेको धुनीबेसी नगरपालिका-७ गुर्धुम गाउँमा एक घर एक धारो’ निर्माण गर्ने गरी खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।
नगर प्रमुख बालकृष्ण आचार्यले पधेरा खोला गुर्धुम लिफ्ट खानेपानी योजनाको मुहानमा निर्माण गरिने पानी संकलन ट्यांकी निर्माणस्तलमा शिलान्यास गर्नु भएको हो । शिलान्यास गर्नुपूर्व नगर प्रमुख आचार्यले आफू पहिलो कार्यकालका लागि निर्वाचत हुँदा गुर्धुमका मानिस एकातर्फ र अर्कोतर्फ समस्या राख्दा बराबरै थियो । विकास गर्नका लागि चाहिने सडक निर्माण सुरु गर्यो । खानेपानी योजना, विद्युतीकरण, सामुदायिक भवन निर्माण पुल निर्माणका काम गर्यो । दोस्रो चरणमा ती कामलाई पूरा गर्दैछौं । अब ‘एक घर एक धारो’ मार्फत् तपाईंहरूलाई पानी दिनेछौ आचार्यले बताउनु भयो ।
उपप्रमुख सुरज उप्रेतीले विकासमा जनचासो भएमात्र छिटो र धेरै हुने भएकाले तपाईंहरूले राख्नु भएको चासो नगरपालिकाले योजना निर्माण गरेर काम गर्ने बताउनु भयो । खानेपानी आउँछ । तपाईंहरूको समय बचत हुन्छ । पानी बोक्ने समय आर्यआर्जनसँग जोड्नुस् । यसैमा तपाईंहरूको आर्थिक प्रगति हुने उपप्रमुख उप्रेतीले बताउनु भयो ।
गुर्धुम गाउँमा खानेपानी योजना निर्माणाधीन छ चालु आवमा ६१ लाखको काम हुँदैछ । गत आवमा ४० लाखले एक/एक लाख लिटरको दुईवटा ट्यांकी निर्माण गरिएको छ । सबै घरमा पानीसहितको धारो पुयाउने गरी काम भइरहेको छ । ६० लाख रुपैयाँमा विद्युतीकरणको काम भइरहेको छ । चालु आवमा रिम्स नेपालको फ़ोस्टेर परियोजना र धुनीबेसी नगरपाकिलाको साझेदारीमा १४ लाख खर्चेर तरकारी संकलन केन्द्र निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस