२४७
Shares१०, जेठ २०८० धार्के, धादिङ । धुनिवेशी नगरपालिका वडा नम्बर ६ ले समिक्षा तथा सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
धुनिवेशीको ६ नम्बर वडा अध्यक्ष रमेश प्रसाद आचार्यले आफू निर्वाचित भएको एक वर्ष पुगेको अबसरमा मंगलबार समिक्षा तथा सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम गरेको वडा अध्यक्ष रमेश प्रसाद आचार्यले टोल टोलको खबर डटकम लाइ जानकारी दिनु भयो ।
६ नम्बर वडा कार्यालय बाट आर्थिक वर्ष २०७९⁄०८० को श्रावण देखि बैशाख मसान्त सम्म सम्पन्न भएको प्रगति विवरणको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको वडा अध्यक्ष आचार्यले को भनाइ छ । यस वडा कार्यालयबाट श्रावण १ गते देखि बैशाख मसान्त सिफारीस, व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा भत्ता, आन्तरीक राजश्व असुली, व्यवसाय दर्ता र विभिन्न योजनाहरुको प्रगति विवरण सार्वजनिक गरेको वडा अध्यक्ष आचार्यको भनाई छ । उहाँका अनुसार वडा कार्यलयबाट सञ्चालन हुने ३१ वटा योजनाहरुमा १४ वटा योजनाहरुको कार्य सम्पन्न भएको पनि आचार्यले बताउनु भयो ।
कार्यक्रममा नगरपालिका उपप्रमुख सुरज उप्रती,प्रमुख प्रशासकिय अधिकृत अच्युत राज रेग्मी, कार्यपालिका सदस्यहरु,जिल्ला सहकारी संघ धादिङ अध्यक्ष रामचन्द्र बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , समाजसेवीहरु,वडाका अन्य नागरिकहरुको सहभागिता रहेको थियो।