६४
Sharesसरकारले आज सय दिनका मुख्य उपलब्धिहरू सार्वजनिक गरेको छ ।
पुस ११ गते गठन भएको वर्तमान सरकारले आजसम्म गरेका उपलब्धिहरू ३७ बुँदामा समेटिएका छन् ।
सरकारको न्यूनतम कार्यक्रममा समेटिएका विषयहरूलाई प्रभावकारी, परिणाममुखी र समयबद्ध रुपमा कार्यान्वयनमा ल्याउन एकीकृत कार्ययोजना तयार भएको जनाइएको छ । त्यसैगरी राजश्व चुहावट नियन्त्रण र सङ्कलनमा वृद्धि, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारको विकास, सङ्क्रमणकालीन न्याय, सङ्घीयता कार्यान्वयन तथा जनताको हितमा राज्य संयन्त्रको परिचालन लगायतका विषय विवरणमा समावेश गरिएका छन् ।
विवरणको पूर्णपाठ