FLASH NEWS

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलङ्का जाँदै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ माघ १९, बिहिबार (२ साल अघि)
  • ११०

    Shares


परराष्ट्रमन्त्री पौड्याल आज श्रीलङ्का जाँदै

रराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नु भएको हो ।

स्वतन्त्रता दिवसको अवसरमा भोलि र पर्सि हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौड्याल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

पौड्याल शनिवार २० गते कोलम्बो प्रस्थान गर्ने र २५ गते काठमाण्डाै फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।उज्यालो 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस