FLASH NEWS

थाक्रे८मा मदन भण्डारी महाविद्यालयको भवन थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य द्वारा सिलान्याश(भिडियो सहित)

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ पौष ९, शनिबार (३ साल अघि)
  • ५८२

    Shares

थाक्रे८मा मदन भण्डारी महाविद्यालयको भवन थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य द्वारा सिलान्याश(भिडियो सहित)

थाक्रे  धादिङ, धादिङको थाक्रे गाउपालिका ८ गणेश चौर मा मदन भण्डारी महाविद्यालयको भवन सिलान्याश गरिएको छ। शनिबार एक कार्यक्रम विच उक्त भवनको थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले सिलान्याश गर्नु भएको हो।थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य र पुर्व उपाध्यक्ष अम्बिका रुपाखेतीको पहल तत्कालिन रास्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुस्पा कणेल र मदन भण्डारी फाउन्डेसनका अध्यक्ष गुरु बरालको सहयोग मा ३ वर्ष अगाडि देखिनै गाउपालिकाले मदन भण्डारी महाविद्यालयको भवन निर्माणका लागि प्रक्रिया आगाडि बढाएको थियो ।
भवन सिलान्याश गर्दै थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले थाक्रेको विकास र समृद्धिको लागि यो अभियान कोसे ढुङ्गा सावित भएको बताउनु भयो। गाउपालिकाको विकास र समृद्धिको आधारनै शिक्षा क्षेत्र भएको बताउदै प्राबिधिक शिक्षालेनै पालिका समृद्ध हुने बताउनु भयो। तेस्तै टोल टोलको खबर संग्ग कुरा गर्दै थाक्रे गाउपालिकाको पुर्व उपाध्यक्ष अम्बिका रुपाखेतीले आफुहरुको पालामा सुरु गरिएको यो अभियानले सार्थकता पाएको भन्दै खुशी व्यक्त्त गर्नु भयो।
थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले मदन भण्डारी महाविद्यालयको भवन सिलान्याश गर्नु भएको कार्यक्रममा थाक्रे ८ का वडा अध्यक्ष प्रेम कुमार थापा (रामेश्वर) पुर्व अवडा अध्यक्ष केसब प्रसाद प्याकुरेल ,वडा सदस्य राजकुमार गुरुङ , महिला वडा सदस्य राधिका सुनार थाक्रे ९ का वडा सदस्य प्रकाश भुजेल विधालयहरुका प्र अ हरु स्थानिय लगाएतको सहभागिता रहेको थियो।उक्त भवन  ३ करोड ७५ लाख ५९ हजार ३ सय १३ रुपया ६२ पैसा को लागतमा निर्माण हुन् लागेको हो भने भवन सम्झौता २०७९ जेष्ठ २० गते ज्ञानज्योति विल्डर्स प्रा लि निर्माण कम्पनीले गरेको हो। भिडियो हेर्नु होला

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस