FLASH NEWS

चिसोबाट बच्न र सावधानी अपनाउन मौसम विदको आग्रह

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ मंसिर १५, बिहिबार (३ साल अघि)
  • ३९०

    Shares

चिसोबाट बच्न र सावधानी अपनाउन मौसम विदको आग्रह

फोटो सामाजिक संजाल बाट

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला आज देशका पहाडी भेगमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ।

 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

 

बुलेटिनअनुसार आज राति सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भेगका थोरै स्थानमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस