FLASH NEWS

धुनिबेशी५ मा १४ दिने हाइड्रो पावर अपरेसन एण्ड मेन्टेनेसन रिफ्रेसर ट्रेनिङ सम्पन्न

  • टोलटोलको खबर
  • भिडियो
  • प्रकाशित मिति:
  • २०७९ मंसिर १, बिहिबार (३ साल अघि)
  • ६५५

    Shares

धुनिबेशी५ मा १४ दिने हाइड्रो पावर अपरेसन एण्ड मेन्टेनेसन रिफ्रेसर ट्रेनिङ सम्पन्न

धुनिबेशी । धादिङको धुनिबेशी५मा  १४ दिने हाइड्रो पावर अपरेसन एण्ड मेन्टेनेसन रिफ्रेसर ट्रेनिङ सम्पन्न भएको छ ।नेपाल हाइड्रो पावर एकेडेमीको आयोजनमा कार्तिक  १९ गते देखि सञ्चालन भएको हाइड्रो पावर अपरेसन एण्ड मेन्टेनेसन रिफ्रेसर ट्रेनिङ आज विहिबार समापन भएको छ।

तालिम समापन कार्यक्रममा बोल्नु हुँदै नेपाल हाइड्रो पावर एकेडेमीका परिकल्पनाकार तथा ट्रोयर हाइड्रोका निर्देशक पवन ढकालले हाइड्रो पावर अपरेसन एण्ड मेन्टेनेसन रिफ्रेसर ट्रेनिङले विभिन्न हाइड्रो पावरमा काम गरिरहनु भएका इन्जिनियरहरुलाई आफ्नो क्षमता बढाउँनका लागि यस्तो खाले तालिम सञ्चालन गरिएको बताउनु भएको छ । ढकालले यस्तो खालको ट्रेनिङ सेन्सटर नेपालमै पहिलो पटक  ञ्चालन गर्ने संस्था भएको बताउनु भयो  ।

IMG_8203.JPG

यस ट्रेनिङ सेन्टरमा हाइड्रो पावर सगं सम्बन्धित विभिन्न उपकरणहरु रहेको नेपाल हाइड्रो पावर एकेडेमी संस्थाका अध्यक्ष विशेश्वर प्रसाद ढकालले बताउनु भयो  । अध्यक्ष ढकालले प्रशिक्षक तथा प्रशिक्षार्थीलाई एकै थलोमा उपस्थित गराउन उपयुक्त वातावरण तयार पार्ने शेषकान्त फाउन्डेसन,काठमाण्डौं विश्वविद्यालय प्रविधिक तालिम केन्द्र तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थालाई धन्यवाद समेत दिनु भयो  ।शेषकान्त फाउन्डेशन र इप्पानको सहकार्यमा धादिङको धुनिबेशी ५ को ढकालखोलामा नेपाल हाइड्रो पावर एकेडेमी संस्थाको स्थापना भएको हो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस