FLASH NEWS

पछिल्लो २४ घण्टामा धादिङमा थप ५८ जनामा डेंगु संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ आश्विन ३१, सोमबार (२ साल अघि)
  • ६३

    Shares

Post Thumbnail

धादिङमा आज सोमबार ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २८ पुरुष र ३० महिला गरी ५८ जना संक्रमण पुष्टि भएको हो ।

यो सँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ३सय ९४ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ७सय ७० जना पुरुष र ६सय २४ महिला गरी कुल एक हजार ३सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ८सय २६ रहेको छ भने गजुरीमा १सय ६ र त्रिपुरासुन्दरीमा ६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै धुनिबेशीमा ५८, गल्छीमा ४३, ज्वालामुखीमा ६०, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३३, थाक्रेमा १७, नेत्रावती डवजोङमा ९, रुवीभ्यालीमा ९, गंगाजमुनामा १९ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १सय २ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस