
५२२
Shares
३० भाद्र, घादिङ । थाक्रेको महादेवबेसिमा तिज विशेष कार्यक्रमहुने भएको छ।
नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा थाक्रेको महादेववेसिमा बृहत सांस्कृतिक कार्यक्रमहुन लागेको हो।
यहि असोज १ गते सोमबार हरितालिका तिजको दिन महादेवबेसीमा रहेको अशितेश्वर महादेब मन्दिरमा मिलीजुली महिला बचत तथा ऋण सहकारी सस्था लि थाक्रे र राष्ट्रिय संगीतकर्मी संघ, घादिङको आयोजना तथा थाक्रे गाउँपालिका धादिङको विशेष सहयोगमा ख्यातीप्राप्त कलाकारहरुको साथमा तिज विशेष बृहत सास्कृतिक कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ।
कार्यक्रमको मिडिया सहयोगिमा भने कृषि रेडियो १०१ .५ मेगाहर्ज , रेडियो राजमार्ग ९२ . १ मेगाहर्ज ,टोल टोलको खबर डट कम र नागरिक पाटि डट कम रहेको छ।











