FLASH NEWS

धुनिबेशिमा आज देखि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०७९ माघ २६, बिहिबार (३ साल अघि)
  • १२५२

    Shares

धुनिबेशिमा आज देखि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

धुनिबेशी।   धादिङको धुनिबेशि नगरपालिकामा आज देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुरु भएको छ।
नगर भित्र रहेका मा बि विद्यालयहरु तर्फको १६ वटा र प्रा बि तर्फ ६ देखि ८ सम्मको २४ वटा विद्यायका विद्यार्थीहरु हसभागी भएका छन् भने ३० विधामा खेलहरु खेल्लने धुनिबेशी नगरपालिका शिक्षा शाखा अधिकृत विकास खत्रीले जानकारी दिनु भयो।
धुनिबेशी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा खानीखोला धादिङको आयोजनामा भएको खेल धुनिबेशी नगरपालिकाका उप प्रमुख सुरज उप्रेतीले भलिबल हानेर खेलको उद्घाटन गर्नु भएको थियो । उप्रेतीले उक्त खेल उद्घाटन गर्नु हुदै नगर पालिकाले खेल क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनु भयो। तेस्तै  खेलमा सहभागी खेलाडि हरुलाई शुभकामना समेत दिनु भएको थियो।

धुनिबेशी ५ पुरानो धार्केको खेल मैदान, धुनिबेशी ३ को धुनिबेशी आदर्श क्याम्पसको खेल मैदान र धुनिबेशी १ को भञ्ज्याङ पोखरि गरि ३ ठाउमा भैरहेको  खेलहरु २८ गते सम्म संचालन हुने छ भने पुरस्कार वितरण २९ गते गरिने नगरपालिकाले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस