





















१७
Shares
हाल नेपालमा माथिल्लो वायुमण्डलमा सक्रिय रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावस्वरूप आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।



त्यस्तै, आज रातिको समयमा पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यसैबीच, गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विशेषगरी तराईका भूभाग, उपत्यका तथा नदीखोँचहरूमा बिहानको समयमा थोरै स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ







