FLASH NEWS

चाडपर्वमा यात्रु आवागमन व्यवस्थित गर्न पूर्वाधार विकास समितिको बैठक बस्दै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन १२, सोमबार (१ घण्टा अघि)
  • १६

    Shares

चाडपर्वमा यात्रु आवागमन व्यवस्थित गर्न पूर्वाधार विकास समितिको बैठक बस्दै

काठमाडौँ : दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्व नजिकिँदै गएसँगै यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्न पूर्वाधार विकास समितिको बैठक बस्ने भएको छ।

समितिको बैठक आगामी सोमबार बिहान ९ः३० बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको बैठक कक्षमा बस्ने तय भएको हो।

बैठकमा चाडपर्वका समयमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै यातायात व्यवस्थापनलाई सुरक्षित, सहज र प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा समितिका सम्पूर्ण सदस्य तथा सम्बन्धित सरोकारवाला पक्षलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस