२२
Shares
धादिङ : गोरखनाथ कल्याण केन्द्र नेपालले आफ्नो १४औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। केन्द्रले एक सूचना जारी गर्दै साधारणसभामा उपस्थित हुन सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ।



सूचनाअनुसार साधारणसभा २०८३ साल असोज १७ गते आयोजना हुनेछ। सभा शाखा कार्यालय, धार्के मन्दिरमा बिहान ११ बजे सुरु हुने जनाइएको छ।
केन्द्रले साधारणसभामा संस्थासँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा आवश्यक निर्णय हुने भएकाले सम्पूर्ण सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ।
भिडियो हेर्नुहोस






