१४
Shares
काठमाडौँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ।



सभापति लामिछानेले आज बुधबार बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिन्नु भयो । उहाका अनुसार बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायतका विषयमा छलफल हुने बताइएको छ। साथै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका विषयमा पनि सर्वदलीय बैठकमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिनु भयो।






