१४
Shares
काठमाडौँ : राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।



वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका मोतीराम भट्टको वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। छोटो जीवनकालमै उनले नेपाली साहित्यको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
युवाकवि भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए। साथै, नेपालमा छापाखाना भित्र्याउन पनि उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ। यही छापाखानाको माध्यमबाट नेपालमा पत्रकारिताको सुरुवात भएको इतिहास छ।
नेपाली साहित्य र पत्रकारिताको विकासमा मोतीराम भट्टले पुर्याएको योगदानको स्मरण गर्दै आज विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ।






