२५
Shares
काठमाडौँः श्रावण महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको उल्लेख्य भीड लागेको छ।



पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनको सहज दर्शनका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला राखिएको छ। साथै, बोलबम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ भने मन्दिर प्रवेशका लागि चार वटा छुट्टाछुट्टै लामको व्यवस्था मिलाइएको छ।
पशुपतिनाथसँगै काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेवलगायत राजधानीका ठूला–साना सबै शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको छ।
श्रावण महिनाका सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा रहेकाले प्रत्येक सोमबार शिवालयमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ।






