२७
Shares
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनाका विषयमा विषयमा छलफल गर्न बुधवार बिहानका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ।



बैठक बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने छ।
छलफलमा संघीय संसदका प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।
सभापति लामिछानेले दलका नेताहरूलाई पत्राचार र व्यक्तिगत रूपमा फोन गरेर बैठकमा बोलाएका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनु भयो ।
महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुखद् घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको बताउनु भयो ।






