FLASH NEWS

धुनिवेशीमा कर शिक्षा कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ १२, मंगलबार (४ महिना अघि)
  • २१८

    Shares

धुनिवेशीमा कर शिक्षा कार्यक्रम सम्पन्न

धुनिवेशीमा आन्तरिक राजश्व कार्यालय गल्छी र धुनिवेशी नगरपालिका को संयुक्त आयोजनामा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा करदाताको अधिकार तथा कर्तव्य, कर प्रणाली, कर तिर्ने प्रक्रिया, कर सचेतना तथा राजस्व संकलनको महत्वबारे जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले कर सम्बन्धी विभिन्न जिज्ञासा राख्दै आवश्यक जानकारी प्राप्त गरेका थिए।

कार्यक्रममा वक्ताहरूले समृद्ध राष्ट्र निर्माणका लागि करको दायरा विस्तार तथा कर संस्कृतिको विकास आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, नागरिकलाई करप्रति जिम्मेवार र सचेत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।

कर सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस