FLASH NEWS

धुनिवेशी नगरपालिकाद्वारा लोगो निर्माणका लागि प्रस्ताव आह्वान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ९, शनिबार (१ घण्टा अघि)
  • २५

    Shares

धुनिवेशी नगरपालिकाद्वारा लोगो निर्माणका लागि प्रस्ताव आह्वान

धुनिवेशी:    धुनिवेशी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले नगरपालिकाको मौलिक पहिचान झल्किने प्रतीक चिन्ह (लोगो) निर्माणका लागि इच्छुक व्यक्ति तथा संस्थासँग प्रस्ताव आह्वान गरेको छ।

नगरसभाको निर्णय तथा लोगो निर्माण समितिले तय गरेका मापदण्डअनुसार लोगो तयार गरी १५ दिनभित्र पेश गर्न सूचना जारी गरिएको हो।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार लोगोमा धुनिवेशी नगरपालिकाको नाम, नक्सा तथा नेपालको राष्ट्रिय झण्डा अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। साथै धार्मिक, जातीय वा साम्प्रदायिक विभेद झल्किने कुनै पनि संकेत वा प्रतीक प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।

लोगोमा नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूलाई सांकेतिक रूपमा समेट्नुपर्नेछ। विशेषगरी भष्मेश्वर महादेव, बालाजुगी मन्दिर, कृष्ण मन्दिर, गोरक्षनाथ बाबा धाम, कालिदेवी मन्दिर, धुनिवेशी पार्क तथा तीनछहरे झरनालगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।

त्यस्तै, नगरपालिकाको पहिचानका रूपमा रहेका तरकारीबाली, सुन्तला तथा चुकुको प्रतिविम्ब पनि लोगोमा समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथलाई समेत सांकेतिक रूपमा प्रस्तुत गर्नुपर्ने जनाइएको छ।

प्रस्ताव पेश गर्दा लोगोको व्याख्यात्मक टिप्पणीसहित इमेलमार्फत पठाउनुपर्नेछ। उत्कृष्ट लोगो छनोट हुने व्यक्ति वा संस्थालाई रु. ४० हजार पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ।

प्रस्ताव [email protected] मा पठाउन सकिनेछ।

सूचना हेर्नुहोस

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस