












६५
Shares
धादिङ : थाक्रे गाउँपालिका मा गाउँ शिक्षा योजना निर्माणको मस्यौदामाथि छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउने उद्देश्यले आयोजित कार्यक्रम २०८३ जेठ ०८ गते गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँ शिक्षा योजनाको मस्यौदामाथि विस्तृत छलफल गर्दै सहभागीहरूले विभिन्न सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य ले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन सहायक विद्यालय निरीक्षक मुकुन्दअर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख दुर्गा देवी खड्का ले राख्नुभएको थियो। गाउँ शिक्षा योजनाको मस्यौदा लेखन समितिका संयोजक सहदेब रेग्मी ले मस्यौदा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले स्थानीय तहको शिक्षा सुधार, गुणस्तरीय शिक्षाको पहुँच विस्तार, विद्यालय व्यवस्थापन, शैक्षिक पूर्वाधार विकास तथा शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा आ–आफ्ना सुझाव राखेका थिए। गाउँपालिकाले प्राप्त सुझावहरूलाई समेटेर गाउँ शिक्षा योजनालाई अन्तिम रूप दिइने जनाएको छ।



साथै थाक्रे गाउँ शिक्षा योजनाको मस्यौदा ( पुष्ठपोषण प्रति )
आदरणीय सरोकारवालाज्यूहरू, दिइएको कोडलाई scan गरी गाउँ शिक्षा योजनाको मस्यौदा अध्ययन गरी आवश्यक सुझावहरू ३ दिन भित्र तल दिइएको Email मा बुदाँगत रुपमा पेश गरिदिनुहुन अनुरोध छ । Gmail: [email protected], [email protected],
[email protected], [email protected]







