FLASH NEWS

३५ जना ज्येष्ठ सदस्यलाई नवज्योति सहकारीले गरायो एक दिने तीर्थयात्रा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ७, बिहिबार (१ घण्टा अघि)
  • ५५

    Shares

३५ जना ज्येष्ठ सदस्यलाई नवज्योति सहकारीले गरायो एक दिने तीर्थयात्रा

धार्के : नवज्योति बचत तथा ऋण सहकारी संस्था लि. ले ३५ जना ज्येष्ठ सदस्यलाई एक दिने तीर्थयात्रा गराएको छ।

बुधबार सहकारीले आफ्ना ज्येष्ठ शेयर सदस्यहरूलाई धादिङको नृसिंहधाम धाम मा एक दिने तीर्थयात्रा गराएको हो।

सहकारी संस्थामा आबद्ध ३५ जना ज्येष्ठ सदस्यहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त तीर्थयात्रा गराइएको सहकारीका व्यवस्थापक हरि लुइँटेल ले ‘टोलटोलको खबर’लाई जानकारी दिनुभयो।

ज्येष्ठ नागरिकहरूको सम्मान, आत्मीयता र धार्मिक आस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको सहकारीले जनाएको छ। तीर्थयात्रामा सहभागी ज्येष्ठ सदस्यहरूले सहकारीको यस कार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

सहकारीले विगतका वर्षहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस