FLASH NEWS

आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट सम्बन्धी राजनीतिक दलसँग सुझाव संकलन एवं छलफल सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ७, बिहिबार (७ घण्टा अघि)
  • ४९

    Shares

आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट सम्बन्धी राजनीतिक दलसँग सुझाव संकलन एवं छलफल सम्पन्न

थाक्रे:   थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव संकलन एवं छलफल कार्यक्रम सम्पन्न भएको छ।

महादेवबेसीस्थित गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रम गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापा, पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, विभिन्न वडाका वडा अध्यक्ष तथा पूर्व वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, साथै गाउँपालिकाका शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले आगामी आर्थिक वर्षको नीति तथा बजेट जनमुखी, पारदर्शी र विकासमुखी हुनुपर्नेमा जोड दिएका थिए। शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी, पर्यटन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सुझाव प्रस्तुत गरिएको थियो।

गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिने बताउँदै नागरिकका सुझावलाई योजनामा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी विभिन्न पक्षहरूले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा प्रभावकारिता तथा स्थानीय स्रोत–साधनको उचित उपयोगका विषयमा समेत आ–आफ्ना धारणा राखेका थिए।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस