FLASH NEWS

पालमा पश्चिमी वायुको प्रभाव: देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ७, बिहिबार (७ घण्टा अघि)
  • ३४

    Shares

पालमा पश्चिमी वायुको प्रभाव: देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने अनुमान छ। मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्छ।

यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो हावा चल्ने र गर्मी बढ्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी तराई क्षेत्रमा भने राति मौसम मुख्यतया सफा रहनेछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस