













१२३
Shares
काठमाडौं : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।
देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना तथा हुरीबताससहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यसका अतिरिक्त मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।






