FLASH NEWS

धादिङ–१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुको घरदैलो कार्यक्रम तीव्र

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ २८, बुधबार (२ महिना अघि)
  • ३७४

    Shares

धादिङ–१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुको घरदैलो कार्यक्रम तीव्र

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धादिङ क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनेको छ। विभिन्न राजनीतिक दलहरूले प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई गति दिएका छन्।

यसै क्रममा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भूमि त्रिपाठीले आज थाक्रे गाउँपालिका वडा नम्बर १ र २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । गाउँ–गाउँमा पुगेर मतदातासँग भेटघाट गर्दै उहाले कृषि क्षेत्र सुधार तथा युवालाई आफ्नै स्थानमा रोजगारी सिर्जना गर्ने स्पष्ट नीति ल्याउने प्रतिबद्धता जनाउनु भयो।

मतदातासँगको संवादमा त्रिपाठीले किसानलाई आधुनिक प्रविधिसँग जोड्ने, उत्पादनको बजारीकरण सुनिश्चित गर्ने तथा अधुरा रहेका विकासका कामहरू पूरा गर्ने बताउनु भयो। । साथै युवालाई आफ्नै ठाउँमा स्वरोजगार बन्ने वातावरण सिर्जना गर्ने कार्यक्रम अघि बढाइने उहाको भनाइ छ।

थाक्रे गाउँपालिका वडा नम्बर १ र २ का विभिन्न बस्तीमा पुगेर उहाले स्थानीयका समस्या, आवश्यकता र अपेक्षा सुन्दै ती विषय संसद् र सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भयो। स्वास्थ्य, शिक्षा, खानेपानी र सडकजस्ता आधारभूत विकासका कार्यक्रम धादिङमा भित्र्याउन आफू सक्रिय रहने उहाले स्पष्ट पार्नु भयो।

मतदाताहरूले विकास, रोजगारी र सेवासुविधामा सुधारका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको बताएका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस