FLASH NEWS

कृषि सुधारका लागि स्पष्ट नीति ल्याउँछु : उम्मेदवार भूमि त्रिपाठी

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ २७, मंगलबार (१७ घण्टा अघि)
  • १३१

    Shares

कृषि सुधारका लागि स्पष्ट नीति ल्याउँछु : उम्मेदवार भूमि त्रिपाठी

धादिङ:  धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भूमि त्रिपाठीले कृषि क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर स्पष्ट नीति ल्याउने बताउनु भएको छ । मतदातासँगको भेटघाटमा उहाले किसानलाई प्रविधि, बजारीकरण र अनुदानसँग जोड्ने कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

थाक्रे गाउँपालिका वडा नम्बर ५, ६ र ७ का विभिन्न बस्तीमा पुगेर उहाले स्थानीयका समस्या, आवश्यकता र अपेक्षा सुन्दै ती विषय संसद् र सरकारसम्म पुर्‍याउने बताउनु भयो । साथै स्वास्थ्य, शिक्षा, खानेपानी र सडकजस्ता विकासका कार्यक्रम धादिङमा भित्र्याउन सक्रिय भूमिका खेल्ने उहाले स्पष्ट पार्नु भयो।

मतदाताहरूले विकास, रोजगारी र सेवासुविधामा सुधारका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको बताएका छन्। भोलि बुधबार त्रिपाठीले थाक्रे गाउँपालिका वडा नम्बर १, २ र ३ मा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको एमाले धादिङले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस