






१२७
Shares
काठमाडौं : सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता पूर्णरूपमा रोक लगाएको छ। यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारी दर्ता नगर्न निर्देशन दिएको हो।



विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन प्रभावकारी रूपमा हुन नसक्दा वायु प्रदूषण बढ्दै गएको, सडकमा सवारी चाप अत्यधिक बढेको तथा ट्राफिक जामका कारण सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न भएको छ। साथै, इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात क्षेत्रसमेत प्रभावित भएकाले नयाँ दर्ता रोक्दै मौजुदा प्रणालीलाई व्यवस्थित गर्न आवश्यक देखिएको पत्रमा उल्लेख छ।
विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अन्तर्गत प्राप्त विशेष अधिकार प्रयोग गरी उक्त निर्णय गरिएको जनाएको छ। उक्त कानुनी व्यवस्थाअनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था तथा सार्वजनिक हितलाई ध्यानमा राखेर विभागले कुनै पनि सवारी साधनको दर्ता रोक्न सक्ने व्यवस्था छ।
यो निर्णय विद्युतीय (ईभी) सार्वजनिक सवारी साधनमा समेत लागू हुने विभागले स्पष्ट पारेको छ।






